निमन्त्रणा / सुचना

Published On: Friday, March 30, 2012 | Source: NRNA CZECH REPUBLIC
निमन्त्रणा / सुचना

सर्वप्रथम् नेपालीहरुको नयाँ बर्ष २०७३ को उपलक्षमा हुन गैरहेको शुभकामना आदान प्रदान तथा शास्कृतिक कार्यक्रम मा चेक गणतन्त्र मा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनि हरुमा सादर निमन्त्रणा।।।

साथै सो दिन भुकम्प पीडित सहयोगार्थ् संकलन रकम र पुरानो रकम को पारदर्सी हिसाब ले आय ब्येय् प्रस्तुत् गर्ने निर्णय भएको छ। २५।०४।२०१५ को माहॉ बिपत्ती मा सम्पुर्ण चेकरिपब्लिक मा रहनु हुने नेपाली दाजुभाई दिदिबहीनीहरु बिभीन्न संघ सस्थामा आबद्ध बुध्धीजिबी साथै यहॉका ब्यापारीहरु, बिद्यार्थी साथीहरु जो जस्ले जसरी भएपनी अाअफ्नो ठाउँ बाट तनमन लगायर सहयोगको लागी त्यो बिपतको बेलामा जुट्नु भयो।त्यस्तो बिपत आईपरेको बेलामा हातेमालो गरेर अगाडी बडेका थियौ।हामी एकचोटी का नेपाली सधैको नेपाली भन्दै त्येस सहयोगको कार्यमा लाग्नु भएको सराहनिय छ। साथीहरुले त्येतिखेर कुनै सस्थाको नामबाट, कसैले नेपाली चौऊतारी त कसैले NRN चेकरिपब्लिक नाम बाट संकलन गर्नु भएको थियो या कसैले ब्याक्तिगत् हिसाबले रकम बोल्नु भयको थियो र कसैले ब्याक्तिगत् हिसाबले सहयोग रकम नेपाल पठाई सक्नु भयको छ भने त्यसको प्रमाण सहित ऊपस्थित भैदिनु हुनेछ यदी कारणबस ऊपस्थित हुननसकेमा कुनै न कुनै माध्यमबाट १७.०४.२०१६ सम्म कार्यक्रम स्थल पुर्याई आय ब्यय् विवरण तयार पार्न सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। स्थान : आमेरिच्का १८, प्ल्जेन (गणेश रेस्टुरेन्ट), धन्यवाद।